उपकुलपति चित्रकारलाई पत्नीशोक
काठमाडौं ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का उपकुलपति गोपाल चित्रकारलाई पत्नीशोक परेको छ । उहाँकी ६१ वर्षीया श्रीमती सीताको अर्वुदरोगको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नाफाका कुलपति केके कर्माचार्यले जानकारी
दिनुुभयो ।
उहाँ करीब तीन वर्षदेखि स्तन अर्बुदरोगले पीडित हुनुहुन्थ्यो । चित्रकारकी एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै स्व चित्रकारको अन्त्येष्टि गरियो । उहाँको निधनमा कुलपति कर्माचार्य र नाफा परिवारले दुःख व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्