१८ सयले बढ्यो सुनको मूल्य, तोलाको ८२ हजार पाँच सय

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ ।
बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक महँगो मूल्य हो ।
पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ। तेजावी सुन शुक्रबार प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्