तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका तीन स्थानीयतहमा प्रहरी चौकी स्थापना

जुम्ला । संघियताको मर्म अनुसार सबै सेवा स्थानीतहमा गएपछि विस्तारै प्रहरी सेवा पनि गाउँगाउँमा पुग्न थालेको छ । गाउँमै प्रहरी चौकी पुग्दा स्थानीयहरु समेत खुसी छन् ।

स्थानीतह संचालनपछि बढेको चहलपहल र सडकको विकासले सुरक्षा चुनौती बढ्दै गएपछि चालु आवमै जुम्लाका तीन स्थानीयतहमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।


हिमा गाउँपालिकाको बढ्की, तातोपानी गाउँपालिकाको लिताकोट र गुठिचौर गाउँपालिकाको झारज्वालामा नयाँ चौकी स्थापना गरिएको हो । भर्खरै स्थापना भएका तातोपानी र गुठिचौर चौकीको कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन् गर्नुभएको छ ।

संघिय संरचना अनुसार गाउँपालिकाको कार्यालय र जनताको सेवाको लागि प्रहरी चौकीहरु पनि गाउँगाउँमा जनतालाई पाएक पर्ने गरी स्थापना गरिएको मन्त्री भण्डारीले बताउनु भयो । चौकी उद्घाटन गर्दै मन्त्री भण्डारीले हरेक नागरिकलाई आफु सुरक्षित अनुभुति हुने खालको शान्ती सुरक्षा दिने निर्देशन दिनुभएको छ ।

उहाँले आगामी बैसाखबाट कर्णालीका हरेक चौकीमा प्रहरी निरिक्षक सहितको टोली खटाउने र शान्ती सुरक्षालाई मजबुद बनाउने प्रतिबद्धता गर्नुभयो । डिएसपी लाल बहादुर धामीले जिल्लाको शान्ती सुरक्षाको अबस्थालाई मध्यनजर गरी चौकी स्थापना भएको बताउनु भयो । अब अन्याय सहेर बस्नुपर्ने अबस्था नरहेको प्रहरीले सधै पिडितकै पक्षमा सेवा गर्ने धामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button