रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, दुई घाईते

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जुगेडीमा आज अपरान्ह पौने दुई बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि बस्ने अन्य दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढ तर्फ आइरहेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल जुगेडीमा रोकिराखेको ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाईते चालक भएका नवलपुर जिल्ला कावासोती ९ बस्ने नरबहादुर थापाको उपचारका क्रममा सवा दुईबजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको बीचमा बस्ने थापाको बर्ष ५ को छोरा विवस थापा र पछाडि बस्ने बर्ष २७ को अमृत बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्