इलाममा ब्राउन सुगरसहित दुई जना पक्राउ

इलाम । लागुऔषध ब्राउन सुगरसहित इलाममा दुईजना पक्राउ परेका छन् । गस्तिमा खटिएको प्रहरीले गत फागुण १५ गते इलाम नगरपालिका ९ गोलाखर्कबाट ४ दशमलब ५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने २५ वर्षिया रोशन राई र देउमाइ नगरपालिका ९ का २० वर्षिया विशाल सिवा रहेका छन ।
पक्राउ दुबै जनालाई जिल्ला प्रहरी कार्यलय इलाममा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्