तपाईँ सुन्दै हुनुहुन्छः

एमबाप्पको ह्याट्रिकमा पीएसजी फ्रेन्च कप फुटबलको फाइनल प्रवेश

एजेन्सी। केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनबिरुद्ध शानदार जीत दर्ता गराएको छ ।

जीतसँगै पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

पीएसजीको जीतमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । त्यसमा पाब्लो सराबिया र नेयमारले एक/एक गोल थपे ।

यता लियोनका मार्टिन टेरीएरले एक गोल फर्काए । खेलको ६१ औं मिनेटमा फर्नान्डो मार्कलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीले अब रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button