तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभावः देशभर बदली हुने

काठमाडौँ ।पश्चिमी वायुको प्रभावका कारण आज देशभर मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हावाहुरी, मेघ गर्जन, चट्याङ र असिनासहित पानी पर्ने संभावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सुदुरपश्चिमका केहि स्थानमा विहानैदेखि मौसम बदली भई केही स्थानमा पानी समेत पर्न सुरु भएको छ। यस्तै, पश्चिम एवम् मध्य भूभागका केही स्थानमा पनि पानी गर्ने सम्भावना रहेको छ। आज मध्य र पश्चिम तराईका एक÷दुई स्थानमा दिउँसोपख मेघगर्जन सहित पानी पर्नेछ। हिमाली भेगका केही क्षेत्रमा हल्का हिमपात पनि हुन सुक्ने छ । काठमाडौं उपत्यकामा पनि आज साँझ पानी पर्ने सम्भावना उच्च छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button