यातायात व्यवस्था कार्यालय दाङद्वारा ५१ करोड बढी राजस्व सङ्कलन

दाङ । यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले गत आर्थिक वर्ष २०८०/८१ मा रु ५१ करोड, ४७ लाख, २६ हजार, २५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा ६ करोड, ३७ लाख, ७१ हजार, ३ सय ६ बढी राजस्व सङ्कलन गरेको हो ।
यातायात व्यवस्था कार्यालय दाङका प्रशासन अधिकृत लोकबहादुर केसीका अनुसार आव २०७९/८० मा ४५ करोड, ९ लाख, ५४ हजार, ७ सय १९ राजस्व सङ्कलन भएको हो । अधिकृत केसीले गत आर्थिक बर्ष २०८०/८१ मा कुल ४ हजार, ५ सय ४६ सवारी दर्ता हुँदा ८ हजार, ५ सय ३ जनालाई नयाँ र २ हजार, ६ सय ३२ जनालाई वर्ग थप सवारी चालक अनुमतिपत्र वितरण गरिएको बताउनुभयो । त्यसैगरी कार्यालयबाट ४ हजार ७३ जनाले सवारी जाँचपास गरेको जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा नयाँ दर्ता हुने सवारीसाधन मध्ये सबैभन्दा धेरै मोटरसाइकल दर्ता भएको कार्यालयका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल ३ हजार, ७ सय, ८७, इ–रिक्सा २ हजार, ४ सय ८१, बस ८५, मिनिबस ५७, कार १ सय ७, ट्याक्टर १ सय २०, मिनि ट«क २ सय १३ सवारी दर्ता भएका छन् ।
दर्ता भएका सवारी मध्ये ३ हजार ४ सय ६३ निजी, ६८ सरकारी, ३ सय ११ भाडाका सवारी साधन दर्ता भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।
त्यस्तै गरी सबैभन्दा बढी सवारी सधानबाट ३६ करोड, ४३ लाख, २ हजार १ सय ९१ राजस्व सङ्कलन भएको थियो ।
गत आर्थिक वर्षमा ट्रायल पास गरेका सेवाग्राही मध्ये २०२४ अप्रिल सम्मकाले स्मार्ट लाइसेन्स आएको कार्यालयका प्रशासन अधिकृत केसीले बताउनुभयो ।
अधिकृत केसीले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा हप्ताको चार दिन र प्रयोगात्मक परीक्षा महिनाको एकदिन हुँदै आएकोमा भदौ महिनादेखि प्रयोगात्मक परीक्षा एक महिनामा दुई पटक सञ्चालन गरिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्