मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
जनकपुरधाम । धनुषामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–७ महादेवमण्ठ घर भएकी वर्ष ७ की रचना यादव रहेको प्रहरीले जनाएको छ ।
वालिका यादव विद्यालयबाट घर फर्किरहेका वेलामा मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । बिहान साँढे ९ बजेतिर दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा सकेर घर फर्किरहेकी रचनालाई तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्