तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्धिपक्षी हितका बारेमा छलफल भएको हो ।

मङ्गलवार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो । छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।

द्विपक्षीय भेटघाटका क्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button