तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास निर्माण समयमा सम्पन्न गर्न सरकार गम्भीर’

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणका काम समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) चितवनले सोमबार भरतपुरमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नागरिकलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले विकास निर्माण गरिरहेको बताउनुभयो । उहाँले नयाँ प्रस्तावित विकास निर्माणबारे आवश्यक अध्ययन गरी काम अगाडि बढाउने जानकारी दिनुभयो ।
भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्या धाम, राजधानी रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, प्रस्तावित वाल्मीकि आश्रमदेखि गोद्धक हुँदै अयोध्या धाम माडी जोड्ने धार्मिक मार्ग लगायत विषयमा मन्त्री दाहालको ध्यानाकर्षण गराइएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button