तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध राष्ट्र बनाउन सरकार प्रतिबद्धः मन्त्री विश्वकर्मा

रासस । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तराई मधेशको समृद्धि नभएसम्म राष्ट्रको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–९ रुपनगरस्थित रहेको मदन भण्डारी खेलग्राममा निर्माण हुने फुटबल तथा एथलेटिक्स खेल मैदानको शिलान्यास कार्यक्रममा मन्त्री विश्वकर्माले जनताको चाहना भावनालाई आत्मसात गर्दै छिटोभन्दा छिटो नेपाली समाजमा सुशासन विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गरेर देशलाई समृद्ध राष्ट्र बनाउन सरकार लागि परेको उहाँले बताउनुभयो ।

प्रदेश नं २ को आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सङ्घीय सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभाकी सांसद सरिता गिरी यादवले नेकपाको वर्तमान सरकार विशेष चासोका साथ सप्तरीको विकासमा लागि परेको बताउँदै मदन भण्डारी खेलग्राममा देशकै ठूलो स्टेडियम निर्माण हुन लागेको बताउनुभयो ।

सङ्घीय सरकारको रु ६ करोडको लगानीमा शुरुआत हुन लागेको मदन भण्डारी खेलग्रामलाई दीर्घकालीन खेलग्रामको रुपमा अन्तरराष्ट्रियस्तरमै नमूना बनाउनका लागि सबैले संकल्प गरी गुणस्तरीय रुपमा निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button