तपाईँ सुन्दै हुनुहुन्छः

झापाको गौरीगञ्जमा आगलागी, दुई घर जलेर नष्ट

झापा । झापाको गौरीगञ्ज गाउँपालिका ५ को चिल्हारा बजारमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ ।

स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट गएराति सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा, अन्नपात, भाँडावर्तन र नगद ५५ हजार गरी करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय शुक्र हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेको छ । आगलागीका कारण अन्नपात लत्ताकपडा गरी अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।

आगलागी भइरहेको भनी स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा प्रहरी टोली खटिएर स्थानीय, प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा मध्यरातमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button