शेयरबजारको घट्ने क्रम नरोकिए पछि कारोवार नै बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सोमवारको शेयरबजारको कारोवार घट्ने क्रम नरोकिए पछि कारोवार नै बन्द गरेको छ ।
कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेका कारण सोमवारको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । परिसूचक ५ प्रतिशत भन्दा बढी दरमा घट्ने वा बढ्ने हुदा बजारमा ‘सर्किट ब्रेक’ लगाएर कारोबार स्थगित गर्ने गरिन्छ । सोमबारको कारोबार ५ प्रतिशत भन्दा बढीले घट्दा ‘सर्किट ब्रेक’ लगाउदा समेत घट्ने क्रम नरोकिए पछि स्टकले कारोबारनै बन्द गरेको हो ।

नेप्सेका अनुसार सोमवार दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । सोमवार १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।
सोमवारको कारोवार स्थगित भएको भए पनि मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । सोमवार सबै समूहको सूचक घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्