पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुनपर्छ : कांग्रेस नेता सिटौला

भद्रपुर, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन झापाद्वारा आज भद्रपुरमा आयोजित पत्रकार भेटघाटमा नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन पनि तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि बहानामा पार्टी र प्रेस युनियनको महाधिवेशन सार्न नहुने अडान दोहोर्याउनुभयो ।
उत्साहका साथ महाधिवेशनको तयारीमा लाग्न प्रेस युनियनका सबै सदस्यहरुलाई आह्वान गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लोकतन्त्रवादी पत्रकारहरुले चनाखो भएर कम्युनिष्ट सरकारले संवैधानिक निकायमाथि गरिरहेको हस्तक्षेपको जानकारी जनतालाई गराउन आग्रह गर्नुभयो ।
नेता सिटौलाले ताकिएको समयमा महाधिवेशन गर्न नसकिए कार्यकर्तामा निराशा पैदा हुने र पार्टी कमजोर हुने भन्दै पार्टीभित्र विवाद भए त्यसलाई महाधिवेशनपछि पनि समाधान गर्न सकिनिे जिकिर गर्नुभयो ।
उहाँले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेद्वारी रहने संकेत गर्दै तेस्रो वैचारिक धारको बलियो उपस्थिति रहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्