तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा करेन्ट लागेर दुई जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर-६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका छन् । गाउँमै उत्पादन गरिएको कोर्धाली गाड लघुजलविघुत आयोजनाको तार मर्मतका लागि पोलमा चढ्नेक्रममा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीप गिरीले जानकारी दिनुभयो।

घाइते हुनेमा बडीमालिका नगरपालिका-६ कोर्धका वर्ष २९ का रूपक बडुवाल र बडीमालिका नगरपालिका-४ रिलाका ३० वर्षीय राजेन्द्र नाथ रहेका छन् । घाइते मध्ये बडूवालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको छ , भने नाथको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ ।

केन्द्रीय प्रसारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

बाजुरामा विधुतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् । भने दर्जन बढी घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button