राष्ट्रिय आंकाक्षा पुरा गर्न सरकारले पाँच वटा आधार अघि सारेर काम गरिरहेको छ : उपप्रधानमन्त्री पोखरेल

धनगढी । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पुरा गर्न सरकारले पाँच वटा आधार अघि सारेर काम गरिरहेको बताउनु भएको छ ।
आज धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा उप–पप्रधानमन्त्री पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहना पुरा गर्न दुई कम्युनिष्ट पार्टी (तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का बीच एकता भएको बताउनुभयो ।
पार्टीका सचिवालय सदस्य समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने उल्लेख गर्दै अब पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुङ्गिने बताउनु्भयो ।
उपप्रधानमन्त्री पोख्रेलले मुलुकको बिकास र समृद्धिका लागि सरकारले कृषिमा आधुनिकरण, उद्योग ग्राम स्थापना, उर्जाको बिकास, पूर्वाधार बिकास (शिक्षा, स्वास्थ्य, यातायात) र पर्यटन प्रवद्र्धन बिकासको आधार अघि सारेर अघि बढीरहेको बताउनुभयो ।

उहाँले नेपाल्सहितका केही मुलुक कोराना भाइरसको रेड जोनको जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै सरकारले आवश्यक सावधानीको अपनाएकाले अब जनस्तरबाटै समेत त्यस्तो अपनाइनु पर्ने बताउनुभयो ।
भेलालाई पार्टीका बरिष्ट नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी, स्थायी कमिटी सदस्य भीम रावल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अहिले कार्यक्रम जारी रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्