हिमा गाउँपालिकाका तीन सय ६५ घरमा एक घर एक धारा निर्माण

जुम्ला । हिमा गाउँपालिकाको चार बस्तीका तीन सय ६५ घरधुरीमा एक घर एक धारा निर्माण गरिएको छ ।
खोलाको दुषित पानी पिउँदै आएका हिमा माथिकुडु गाउँमा ७८ जोगिबाडामा ८२ धारा, बुअ गाउँमा एक सय २७ धारा, खलढुंगामा ७८ गरी जम्मा तीन सय ६५ घरधुरीमा धारा गरिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहिले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन बर्षको अवधिमा (वाटरएड) र किर्डाक नेपालसँगको सहकार्यमा तीन सय ६५ घरमा धारा पुराइएको हो ।
आफ्नै कार्यकालमा पुर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता गरेका अध्यक्ष शाहिले घरघरमा धारा पुग्दा हिमामा करिब २४ सय ४३ जना प्रत्यक्ष रुपमा स्वच्छ खानेपानीको पहुँचमा पुगेको उल्लेख गर्नुभयो ।
हिमा गाउँपालिकाका १७ सय ८३ जम्मा घरधुरी मध्ये करिब १४ सय घरमा शौचालय निर्माण भएको, तीन सय ६५ घरमा भाडा सुकाउने चाङ निर्माण भएको र खानेपानी तथा सरसफाई स्वच्छता बारे सिकाइएको किर्डाक नेपालका जिल्ला संयोजक रेशम शाहिले बताउनुभयो ।
हिमाका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले केही वर्षभित्र बाँकी घरधुरीमा खानेपानीका धारा र शौचालय निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
घरघरमा धारा पुग्दा खालाकै पानी पिएर जीवनका पाँच दशक कटाएकी पुञ्जा दमाई जस्तै तीन सय ६५ जना स्थानीय खुसीले मख्ख परेका छन् ।
जुम्ला जिल्ला २०७२ साल फागुन २० गते खुल्ला दिशा मुक्त घोषणा भईसकेको छ । भने २०२० सम्म पुर्ण सरसफाई युक्त नेपाल बनाउने सरकारको लक्ष्य सफल पार्न जुम्लामा पुर्ण सरसफाईका गतिविधि भईरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्