सल्यानमा आठ महिनामा २४ जर्बजस्ती करणीका घटना

सल्यान । सल्यानमा चालु आर्थिक बर्ष २०७६/०७७ को आठ महिनामा जर्बजस्तीकरणी र जर्बजस्तीकरणी उद्योगका २४ घटना दर्ता भएका छन् ।
जिल्ला अदालत सल्यानका अनुसार साउन महिनादेखि फागुन १५ गतेसम्म जर्बजस्तीकरणी र जर्बजस्तीकरणी उद्योगका २४ घटना दर्ता भएका हुन् ।
नैतिक शिक्षाको अभावमा मानिसमा बढ्दै गएको जंगली स्वभावका कारण यौनजन्य हिंसाका घटना बृद्धि भएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्टदार चुर्ण बहादुर बिष्टले बताउनुभयो । सिंगो राज्य नैतिकवान बन्न नसक्दा समाज सांस्कृतिक रुपमा भ्रष्टिकरण हुदैँ गएको छ । जसका कारण सांस्कृतिक बिचलन दिनप्रतिदिन बढी रहेको उहाँको भनाई छ ।
महिला सम्बन्धि सरोकार राख्ने संघ संस्थाका कारण पनि महिलाा हिंसाका घटना बाहिर आउन थप टेवा पुगेको अधिबक्ता बिष्णु शर्माले बताउनुभयो । समाजमा जनचेतनाको बिकास, कानुनी व्यवस्थाको बारेमा जानकारी लगायतका कारण यस प्रकारका घटना खुलेर आउने गरेको उहाँको भनाई छ ।
जर्बजस्ती करणाी भएको प्रमाणित भएमा मुलुकी ऐनको जर्बजस्ती करणी महल अनुसार १० बर्षभन्दामाथि र १४ बर्षभन्दा मुनिका बालिका माथि जर्बजस्तीकरणी भए १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्