तपाईँ सुन्दै हुनुहुन्छः

बीमा विज्ञ सदस्य कपिल देव ओलीको बिदाइ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चार वर्षे कार्यकाल भोलिदेखि पूरा हुन लागेको छ ।

त्यस अवसरमा बीमा विज्ञ सदस्य ओलीको बिदाइ एवम् सम्मानमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गर्नुभयो ।

अध्यक्ष सिलवालले प्राधिकरणको सञ्चालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button