एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल
काठमाडौँ । नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।
आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ ।क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्