मोदीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिनुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीले आज विहान ट्विट गर्नुहुँदै आफ्ना मित्र प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री मोदीले ट्विटमा भगवान पशुपतिनाथले प्रधानमन्त्री ओलीको राम्रो स्वास्थ्य, खुसी र दीर्घजीवनको आशिर्वाद दिउन भनी उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई अझ उचाइँमा पुर्याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदान आफुले हेर्न चाहेको ट्विटमा उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्री ओलीको दोस्रो पटक पर्सी बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मिगौला प्रत्यारोपण गरिने र त्यसका लागि उहाँ आजै अस्पताल भर्ना हुनुहुने भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतमा मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्