तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौ । मार्च सुरु भएसँगै नेपालमा नयाँ मौसम सुरु भएको छ। ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर प्रिमनसुन सुरु भएको हो।
मौसमविद्का अनुसार मार्च १ अर्थात् हिजो आइतबारबाट औपचारिक रूपमा प्रिमनसुन सुरु भएको हो।वर्षा याम लाग्नुअगाडिको तीन महिना अर्थात् मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन भनिन्छ। त्यसपछि वर्षा याम सुरु हुन्छ।

प्रिमनसुनको अवधिमा वर्षासँगै हावाहुरी आउने तथा चट्याङ पर्ने सम्भावना बढी हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार प्रिमनसुन अवधिमा हावाहुरी, चट्याङको जोखिम हुने भएकाले दैनिक मौसमको जानकारी राखेर होसियार अपनाउनु उत्तम हुन्छ।

यस्तो छ आगामी तीनदिनको मौषमी पूर्वानुमान

फागुन १९ गते (सोमबार)

दिउँसोः देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पुर्व पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २० गते (मंगलबार)

दिउँसोः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button