तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई उत्तरदायी बनाउने भूमिका खेलिदिन सञ्चार माध्यमलाई आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो सरकार देश र जनताप्रति अझ बढी पारदर्शी र उत्तरदायी हुन चाहेकाले सोही अनुसारको भूमिका खेलिदिन सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा रासस मिडिया सङ्ग्रहालयको उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले मिडियाले सरकारको भजन गाइरहनु आवश्यक नरहेको भन्नुहुँदै नराम्रो कामको आलोचना गरेर सरकारलाई सहयोग गरिदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

सङ्ग्रहालय उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आमसञ्चार माध्यमको इतिहास बुझाउन मिडिया सङ्ग्रहालय ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले राससको बुलेटिन आम मानिसको हातमा नपुग्ने भएकाले पुराना बुलेटिनलाई पनि सङ्ग्रहालयमा राख्न सुझाव दिनुभयो ।

त्यसैगरी पुराना पत्रकार राजेन्द्र दाहाल, डाक्टर कुन्दन अर्याल, राससका अध्यक्ष धमेन्द्र झा लगायतले छरिएका सञ्चारसँग सम्बन्धित सामग्री एकै ठाउँमा पाउन सक्नु सकारात्मक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button