आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्ने पासाङ नामगेललाई पर्यटन मन्त्रीद्वारा स्वागत

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गर्नुभएको छ ।
मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गर्नु भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गरेका थिए ।
मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिन माग गर्नु भएको थियो । उहाँले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई काम टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनु पर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाइदिन अनुरोध गर्नुभयो ।

मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्नेमा विश्वस्त पार्नु भएको छ ।
५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिनुहुन्छ । उहाँले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गर्नु भएको थियो ।
शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका हुनु भएको थियो । कोरियाका अम होंङ गिलोपछि शेर्पा १६ वटा चुचुरोहरूमा पाइला टेक्ने दोस्रो व्यक्तिको रूपमा हुनुहुन्छ । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दाबी छ ।








प्रतिक्रिया राख्नुहोस्