तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्वाचित

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाई समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको सभापति पदका लागि आज भएको निर्वाचनमा नेपाली काँग्रेसका सांसद न्यौपानेको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

समितिको सभापति चयनका लागि सभामुख देवराज घिमिरेले मङ्गलवार नै मिति तोक्नुभएको थियो भने बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको थियो ।

सुनुवाई समितिमा हालसम्म समितिको ज्येष्ठ सदस्यको हैसियतले सांसद पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button