सल्यानमा भीरबाट लडेर वृद्धको मृत्यु
सल्यान । सल्यानमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ ढुंगेबगरका ६१ वर्षीय सुकलाल रोकाको मृत्यु भएको हो ।
घर नजिकैको किमुचौर सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेका रोकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार रोका भीर करिब झन्डै १० मिटर तल खसेका थिए । रोकाको शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टम पछि आफन्तलाई बुझाइएको उहाँको भनाई छ । रासस








प्रतिक्रिया राख्नुहोस्