तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका १० हजार बालबालिकालाई दादुरा तथा रुबेला विरुद्ध खोप लगाईदैँ

जुम्ला । जुम्लाका १० हजार बढी बालबालिकालाई दादुरा तथा रुबेला विरुद्ध खोप लगाईने भएको छ ।

आगामी चैत २ गतेबाट जुम्लामा शुरु हुने खोप अभियानबाट आठै स्थानीयतहका १० हजार बढी बाललिकालाई खोप लगाउने तयारी भएको जनस्वास्थ्य अधिकृत प्रेम केसीले बताउनुभयो । उहाँका अनुसार जुम्लाका करिब २६ प्रतिशत बालबालिका अझै खोपको पहुँच बाहिर रहेका छन् ।

२०२३ सम्म नेपाललाई पुर्ण रुपमा दादुरा तथा रुबेला खोपमुक्त नेपाल बनाउने सरकारको लक्ष्य अनुसार जुम्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

चैत २ गतेबाट शुरु हुने अभियानका लागि करिब चार सय बढी स्वयमसेवक खटाइएका छन् भने, दुई सय ६१ वटा खोप केन्द्र निर्धारण गरिएको प्रमुख केसीले जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक कार्मा बुढाले सरकारको लक्ष्य पुरा गर्न खोपको कभरेज ९५ प्रतिशत पुग्नुपर्ने भएकाले अभियानलाई जिल्लामा प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कोही नछुट्ने कोही नदोहोरिने गरी खोप अभियान सञ्चालन गर्न समेत निर्देशन दिनुभयो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार दादुरा रुबेला खोप नलगाएकै कारण विश्वमा प्रतिदिन तीन सयको र बर्षमा ६० लाख बालबालिकाको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button