तपाईँ सुन्दै हुनुहुन्छः

म्यान्माको जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने सूचना अफवाह मात्रै

म्यान्माको सेनाले बुधबार शीर्ष जनरलले जुन्टा प्रमुखलाई हिरासतमा लिएको अफवाह चिनियाँ विदेशमन्त्रीको भ्रमणअघि सरकारविरोधी समूहद्वारा फैलाइएको प्रचार मात्र भएको जनाएको छ ।

जुन्टा प्रमुख मिन आङ ह्लाइङले पछिल्लो समय सैन्य समर्थकबाट सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ  । हाल यस क्षेत्रमा सरकारी सेना जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र अन्य विपक्षीबीच आपसी द्वन्द्व चलिरहेको छ । 

मङ्गलबार सामाजिक सञ्जालका धेरै पोस्टमा शीर्ष जनरलले जुन्टाको शीर्ष नेतृत्व परिवर्तन गर्ने प्रयासमा राजधानी न्यापितमा सेनाप्रति बफादार सरकार प्रमुख मिनलाई हिरासतमा लिएको दाबी गरिएको थियो । 

दाबी देशको ‘शान्ति र स्थिरता’मा खलल पार्ने उद्देश्यले गरिएको प्रचार मात्र भएको सरकारले  विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ्ग बुधबार म्यान्मामा मिन आङ ह्लाइङसँग वार्ताका लागि आइपुग्ने कार्यक्रम  छ ।

भ्रमणको उद्देश्य विभिन्न क्षेत्रमा द्विपक्षीय पारस्परिक फाइदाजनक सहयोगलाई दृढ बनाउनु  रहेको जनाइएको छ । चीन जुन्टाको प्रमुख सहयोगी हो ।

पछिल्लो समयमा जातीय सशस्त्र समूहहरूको गठबन्धनले चीनको युन्नान प्रान्तको सिमानामा रहेको उत्तरी शान राज्यको क्षेत्र जुन्टाबाट कब्जा गरेको छ ।

कब्जा गरिएको क्षेत्रमा शान राज्यको लासियो सहरमा सेनाको उत्तरपूर्वी कमान्ड समावेश छ र करिब एक लाख ५० हजार मानिसहरू बसोबास गर्छन् ।

मिनले गठबन्धनले ‘विदेशी’ स्रोतबाट ड्रोन र छोटो दूरीका मिसाइललगायत हतियारहरू प्राप्त गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button