दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।
सुनुवाइ समितिको सभापतिमा नेपाली काँग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा (एमाले) का नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको मात्र उम्मेदवारी परेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
समितिका सभापतिको निर्वाचनका लागि भोलि साउन ३१ गते बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।
यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति यही साउन १६ गते गठन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्