तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा ८ जना राज्यमन्त्रीलाई हटाउन सिफारिस

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारमा रहेका ८ जना राज्यमन्त्रीलाई हटाउनका लागि आज प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको छ ।

मधेश प्रदेश सरकारले ठूलो आकारको मन्त्री मण्डल बनाएको भन्दै सबैतिर वाट आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गर्नु भएको हो ।

यसै बीच मुख्यमन्त्री सिंहले विभिन्न क्षेत्रबाट आवाज उठेपछि कतिपय राज्यमन्त्रीले आफै राजीनामा दिनु भएको छ भने केहीलाई प्रदेश सरकारले आफै हटाउने गरि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको रेडियो नेपाललाई जानकारी दिनु भयो ।

गत साउन २२ गते प्रदेश सरकारमा थप पाँच जना राज्यमन्त्री थप गरेर मुख्यमन्त्री सहित ११ मन्त्री र ८ राज्यमन्त्री गरेर २० सदस्यीय मन्त्री मण्डल बनेपछि यसको सबैतिरबाट आलोचना भएका थिए ।

मधेश प्रदेशमा प्रतिपक्षमा पुगेका जनता समाजवादी पार्टीका विद्यार्थी तथा युवाहरूले सोही विषयलाई आधार बनाएर विभिन्न प्रकारको विरोधको कार्यक्रम गर्दै आएका थिए । मुख्यमन्त्री सिंहकै पार्टी रहेको जनमत पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण सोधेका थिए ।

मुख्यमन्त्रीले प्रदेश सरकारमा पहिला नै शपथ लिएका ३ जना राज्यमन्त्रीलाई पनि हटाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button