तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पशु बिमा प्रभावकारी बन्दै

फाइल तस्बिर

भोजपुर । मरेका पशु चौपायाको क्षतिपूर्ति रकम पाइने भएपछि पूर्वी पहाडी जिल्ला भोजपुरका पशुपालक कृषकका लागि पशु बिमा उत्तम विकल्प बनेको छ ।

दैविक प्रकृतिले पशुहरु मरे पनि त्यसको क्षतिपूर्तिले कृषकलाई अर्को विकल्पको खोजी गर्न मद्दत मिल्ने भएपछि यसप्रति कृषकको मोह बढन थालेको हो ।

प्राकृतिक प्रकोपले धेरै पशुचौपाया मर्ने गरेको तर पशु बिमा गरे पछि क्षतिपूर्ति समेत पाइने भएकाले आफुहरुले पनि अहिले बिमा गराउन थालेको कृषकहरुले बताएका छन् ।

वि.सं. २०६० साल माघ १ गतेदेखि लागु हुने गरी बिमा ऐन, २०४९ को दफा ८(घ२) अनुसार कृषि विकास मन्त्रालय र बिमा समितिको पहलमा बाली तथा पशुपंक्षी बिमा निर्देशन, २०६९ जारी भई बाली तथा पशु बिमा सुरु भएको हो ।

मासु, दुध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईबस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बिमाप्रति कृषकहरुको आकर्षण बढेको लुम्बिनी जनरल ईन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बिमा गर्ने कृषकको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

बिमा गर्दा बिमा गरिने पशुको वास्तविक विवरण दक्ष प्राविधिकहरुबाट पुष्टि भएपछि मात्र बिमा गर्न पाउने प्रावधान छ । पशु बिमा गराउन भोजपुर जिल्लाका नौ वटै स्थानीय तहका वडाहरुमा कृषि र पशु प्राविधिकहरु पुग्ने गरेका छन् ।

कृषकले पशु बिमा अन्तर्गत एक वर्ष भरिमा पशुको क्षतिपूर्ति मार्फत बिमाङ्क रकमको ९० प्रतिशत रकम पाउँछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button