तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति भएको अविरल वर्षापछि आएको पहिरोले राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।

अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पहिरो पन्छाउने कार्यलाई जारी राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button