रेडियो नेपाल श्रोताको विश्वास जित्दै भरपर्दो सञ्चारमाध्यम बन्नुपर्छ : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपालले आमश्रोताहरु को विश्वास जित्दै भरपर्दो सञ्चार माध्यमको रुपमा आफूलाई स्थापित गर्नु पर्ने बताउनु भएको छ ।
मन्त्री गुरुङले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको आज निरीक्षणको क्रममा रेडियो नेपाल लाई मन्त्रालयको तर्फबाट आवश्यक जनशक्ति, श्रोत तथा नीतिगत व्यवस्थाका लागी तयार रहेको बताउनुभयो । हाल सम्म पनि रेडियो नेपाल पुरानै ऐन बाट सञ्चालन भएकोले अबका दिनमा नयाँ नीति बनाइ सोही अनुसार सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले प्रसारण कार्यालयको भौतिक तथा प्रसारण अवस्था लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।










प्रतिक्रिया राख्नुहोस्