तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ ।

आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो ।

समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताउनुभयो । “लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ”, उहाँले भन्नुभयो ।

सांसद डा बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button