तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै जातजातिको एकताबाट समृद्धि हासिल गर्न सकिन्छ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबिचको एकताबाट समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।

विराट मैथिली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकार प्राडा राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गर्नुहुँदै उहाँले विभिन्न जातजातिका भाषा, संस्कृति एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिस अनुसार दोस्रो भाषाका रूपमा मैथिली र लिम्बू भाषालाई लागू गर्न आवश्यक कानुन बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रचुर सम्भावना बोकेको विराटनगर विभिन्न कारणले विकासमा पछाडि परेको चर्चा गर्नुहुँदै उहाँले महानगर र यहाँ बसोबास गर्ने विभिन्न भाषाभाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राडा विमलले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतामा जोड दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button