महेशपुर भन्सारद्वारा १५ करोड बढी राजश्व सङ्कलन

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको महेशपुर भन्सार कार्यालयले १५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
आर्थिक बर्ष ०८०/८१ मा कार्यालयले १५ करोड ११ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो । १६ करोड ३५ लाख ८५ हजार लक्ष्य रहेकोमा ९२.४१ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७९/८० मा लक्ष्य भन्दा न्यून राजश्व सङ्कलन भएको थियो ।३३ करोड २६ लाख ३३ हजार लक्ष्य रहेकोमा उक्त आवमा १० करोड ७३ लाख ८८ हजार राजश्व अर्थात् ३२.२८ प्रतिशत मात्रै राजश्व सङ्कलन भएकोमा आव ८०.८१ मा भने वृद्धि भई ९२.४१ प्रतिशत पुगेको हो ।
भन्सार कार्यालयले १० करोड ३ लाख २४ हजार ८ सय ५९ राजस्व भन्सार महसुल,कृषि सुधार शुल्कमा ६ लाख ३१ हजार २ सय २० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै अग्रिम आयकर ३६ हजार ३ सय २४, मूल्य अभिवृद्धि कर ४ करोड ४७ लाख ६१ हजार ६ सय २१ , अन्त शुल्क ४५ लाख ८० हजार ५ सय ४१ र अन्य ८ लाख ४५ हजार ९ सय ६५ रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा राम्रो राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख चुडालले बताउनु भयो । “महेशपुर भन्सार कार्यालयले आर्थिक बर्ष ०७९/०८० मा १० करोड ७३ लाख राजस्व सङ्कलन गरेको थियो जुन लक्ष्यको ३२ दशमलव २८ प्रतिशत थियो । गत बर्ष हामीले लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।” चुडालले भन्नुभयो ।
आर्थिक बर्ष २०७६/०७७ मा १३ करोड ४ लाख ६२ हजार, ०७७/७८ मा २७ करोड ३० लाख २१ हजार, ०७८/०७९ मा २२ करोड ३३ लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो ।
पछिल्लो पाँच आर्थिक वर्षको राजश्व सङ्कलनको अवस्थालाई हेर्दा सबै भन्दा बढी राजश्व आर्थिक बर्ष ०७७/७८ मा सङ्कलन भएको देखिएको छ । उक्त आर्थिक वर्षमा २६ करोड ७० लाख ४५ हजार लक्ष्य रहेकोमा २७ करोड ३० लाख २१ हजार अर्थात् १०२.२३ प्रतिशत राजस्व उठेको देखिन्छ ।
भन्सारमा क्वारेन्टाइन निर्माण र स्तरीकरण नउद्या भन्सार पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।







प्रतिक्रिया राख्नुहोस्