तपाईँ सुन्दै हुनुहुन्छः

दिल्ली उच्च अदालतद्वारा दिल्लीको भौतिक पूर्वाधारमाथि पुनःविचार गर्न समिति गठन

नयाँदिल्ली। दिल्ली उच्च अदालतले जिएनसिटिडी (राष्ट्रिय राजधानी क्षेत्र दिल्ली सरकार) का मुख्य सचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । समितिलाई दिल्लीको प्रशासनिक, वित्तीय, भौतिक पूर्वाधार हेरेर आठ हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

कार्यवाहक प्रधानन्यायाधीश मनमोहन र न्यायाधीश तुषार राव गडेलाको संयुक्त इजलासले सुनुवाइका क्रममा कडा टिप्पणी गर्दै पछिल्ला महिनामा मन्त्रिपरिषद्को बैठक नबसेको र अर्को बैठक कहिले बस्ने भन्ने अनिश्चितताका कारण जिएनसिटिडीमा नयाँ आयोजनाको स्वीकृति लिन चुनौतीपूर्ण रहेको बताएको छ । 

दिल्लीको धेरै भौतिक पूर्वाधारहरू पुराना भइसकेका छन् । करिब ७५ वर्षअघि राखिएको नालीको अपर्याप्त र कमजोर मर्मत गरिएको अदालतले उल्लेख गरेको छ । 

उच्च अदालतले दिल्लीको जनसङ्ख्या तीन करोड नाघेकाले सहरलाई थप बलियो वित्तीय र प्रशासनिक पूर्वाधार आवश्यक रहेको उल्लेख गरेको छ । विभिन्न अनुदान योजनाहरूले आप्रवासन र जनसङ्ख्या वृद्धिमा योगदान पु¥याउँदा वित्तीय चुनौतीहरूलाई बढाएको अदालतको भनाइ छ 

अदालतले यस क्षेत्रमा अतिक्रमण र अवैध निर्माण भएका कुनै पनि निर्माणलाई तत्काल हटाउनसमेत आदेश दिएको छ । अदालतका अनुसार यहाँ व्यापकरूपमा पानीको समस्याले निजी आवाससहित सबैलाई असर गरेको छ । यमुना नदीमा पनि अतिक्रमण गरिएको अदालतले बताएको छ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button