यो आर्थिक वर्ष भित्रै मुलुकलाई छाउगोठ मुक्त गरिने : मन्त्री गुरुङ

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अब कसैले पनि छाउगोठमा बस्न नपर्ने बताउनुभएको छ ।
आफ्नो पदबहाली भएको एक सय दिन पुगेकोे उपलक्ष्यमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले जनस्तरबाट नै छाउगोठ भत्काउने काम सुरु गरिएकोले यो आर्थिक वर्ष भित्रै मुलुकलाई छाउगोठमुतm गरिने बताउनुभयो ।
उहाँले महिनावारी सम्बन्धी अन्धविश्वासको अन्त्य गर्न र सचेतना अभिबृद्धिका लागि नेपालमा मर्यादित महिनावारी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिने बताउनुभयो ।
मन्त्री गुरुङले महिलाहरुको उद्यमशीलता र सिप विकासका लागि राष्टपति महिला उत्थान कार्यक्रम अन्तर्गत जीविकोपार्जन कार्यक्रम संचालन कार्यविधि २०७६ कार्यान्व्यनमा आउनु, मानब बेचबिखन तथा ओसार पसार पीडितलाई उद्दार गर्नुु, सडक बालबालिकाको उद्धार र संरक्षण गर्न सफल हुनु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका छाउगोठ भत्काउने अभियान प्रभावकारी हुनु आफ्नो एक सय दिनका उपलब्धि भएको बताउनुभयो ।

त्यस्तै उहाँले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्राप्त सुझाबहरुको प्रभाबकारि कार्यान्वयनमा ऐक्यबद्धता , अपाङ्गमैत्री खेल परिसर निमार्णका लागि ७ प्रदेशका १० सामुदायिक बिद्यालयलाई १० लाखकादरले रकम प्रदान गरिएको, एक सय ६४ वटा स्थानीय तहमा ज्येष्ठ नागरिक दिवासेवातथा मिलन केन्द्र सञ्चालनका लागि शसर्त अनुदान पठाईएको र समाज कल्याण परिषदको संस्थागत सुधारको प्रक्रिया अघि बढाई सकिएको जानकारी दिनुभयो ।
मन्त्री गुरुङले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई यसै आर्थिक बर्ष भित्र लैंगिक मैत्री मन्त्रालय घोषण गर्ने र आगामि तीन वर्षभित्र संघीय सरकारका सबै मन्त्रालय लाई लैंगिक मैत्री मन्त्रालय बनाइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्