नवलपरासीमा सडक दुर्घटनाबाट एक वर्षमा ३० जनाको मृत्यु
नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीमा गत बर्ष सडक दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ भने १ सय ३७ जना घाइते भएका छन् ।

एक वर्षको अवधिमा ९० वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । सडकको अवस्था, मापसे लगायतका कारण दुर्घटना भएको देखिएको छ । एक वर्षको अवधिमा मापसे गरि सवारी चलाउने ८४ वटा सवारी चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
यसै गरी ट्राफिक प्रहरीले जिल्लामा एक करोड ७८ लाख ६२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले सवारी साधन कारबाही जरिवाना गरी २०८० साउनदेखि २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व सङ्कलन गरेको हो ।
गत बर्ष २०७९/८० चैत्रसम्म एक करोड ६८ लाख ८२ हजार पाँच सय रहेकोमा यस बर्ष २०८० साउनदेखि २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाइएको प्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार यसरी हेर्दा आव २०७९/८०को तुलनामा यस आव ०८०/८१ मा ५ दशमलव ८० प्रतिशत दर राजश्वमा वृद्धि भएको छ ।
जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म मापसे ८४ वटा सवारी साधन कारबाहीमा परेका र जरिवाना बापत ८४ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । सबैभन्दा बढी दुर्घटना र मानवीय क्षति दुई पाङ्ग्रे सवारी साधन दुर्घटनाबाट भएको पाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्