कर्णाली प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गर्नुभएको छ । हिजो मात्रै राष्ट्रपतिबाट सपथ लिएर आज बिहान काठमाडौँदेखि सुर्खेत आउनु भएका प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको एक विशेष कार्यक्रमकावीच चौथो प्रदेश प्रमुखका रुपमा कार्यभार सम्हाल्नु भएको हो । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
पदभार ग्रहणपछि प्रदेश प्रमुख जोशीले सबै पक्षसँग सहकार्य गरी अघि बढ्ने बताउनु भयो । पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास शेरबहादुर बुढा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले प्रदेश प्रमुख जोशीलाई कर्णाली प्रदेशको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्