तपाईँ सुन्दै हुनुहुन्छः

उखुबारीमा लुकेको नरभक्षी बाघ नियन्त्रणमा 

कञ्चनपुर । बिहीबार खेतबारिमा काम गरिरहेकी २२ वर्षीया महिलाका आक्रमण गरी ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा परेको छ । 

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ नम्बरमा रहेको उखुवारिमा लुकेको अवस्थामा नरभक्षी बाघ पक्राउ गरिएको हो ।

शुक्रबार बिहान  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र  बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्रविधिसहितको   टोलीले  चार वटा हात्तीको सहयोगमा अचेतपारि  बाघ  नियन्त्रणमा लिएको हाे ।    उक्त भाले बाघ बङ्गाल टाइगर  रहेको बताइएको छ ।

उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज लागिने भएको छ ।

उक्त  बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय महिला हिरा साहुको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button