तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम् नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ ।२८० श्रावण देखि ०८१ श्रावण महिना सम्म जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यलयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन वटा स्थानिय तहमा उक्त संख्याका बिरामी फेला परेको पन्थिले बताउनु भयो ।जसमध्ये सबै भन्दा धेरै डेङ्गु संक्रमितको संख्या बर्दघाट नगरपालिकामा देखिएको छ ।यहाँ ४७ जना ,रामग्राम नगरपालिकामा २१ जना पाल्हीनन्दन गाउँपालिकामा ३ जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य चार पालिकमामा बिरामी फेला नपरेको कार्यालयले जनाएको छ ।

डेङ्गु संक्रमण लामखुट्टे बाट सर्ने हुदा सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।स्वास्थ्य कार्यालयको तथ्यांक जिल्लामा ०७९ देखि ८० चैत्र सम्म तीन सय ३ सय १५ जनामा डेङ्गु फेला परेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button