तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त तीन प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा १६७ बमोजिम राष्ट्रपतिसमक्ष बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमुख पदको शपथ ग्रहण गर्नुभयो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उहाँहरूलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार उहाँहरूलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button