प्रयोगबाटै भाषा संरक्षण हुनेमा सांसदहरूको जोड

काठमाडौँ । संसद्को महिला तथा सामाजिक मामिला समितिमा विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको भाषा संरक्षणका सम्बन्धमा छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले लोपोन्मुख जातजातिका भाषा जोगाउन वक्ता उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । भाषाहरूमा अथाह ज्ञान हुने भएकाले विश्वले संस्कृत अध्ययन गरिरहेको उदाहरण दिँदै सांसदहरुले हरेक बालबालिकाले पहिलो भाषाका रुपमा मातृभाषा बोल्नुपर्ने र त्यसका लागि अभिभावकहरू सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मूलुुकको नीति निर्माण गर्ने थलोमा समेत भाषिक समस्याले आफ्नो विचार व्यक्त गर्न नपाएको भन्दै सांसदहरुले सदनमा समेत मातृभाषामा बोल्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । बैठकमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले विभिन्न ७६ जातजाति भाषाकै कारण राज्यको मूलप्रवाहमा आउन नसकेको बताउनुभयो ।
अध्यक्ष ठाकुरले अधिकांशले मातृभाषा बोल्न नसकेका कारण भाषाहरू लोप हुने अवस्थामा पुगेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्