तपाईँ सुन्दै हुनुहुन्छः

मध्यमोदी जलविद्युत आयोजनाकोे सुरुङ निर्माणको काम सकेर पावर हाउस निर्माण शुरु

पर्वत । पर्वतको मोदीखोलामा निर्माणाधिन १५ दशमलव १ क्षमताको मध्यमोदी जलविद्युत आयोजनाकोे सुरुङ निर्माणको काम सकेर पावर हाउस निर्माण र सुरुङ कंक्रिटिङ गर्न थालिएको छ ।

पावर हाउसको काम ७ महिनामा सक्ने लक्ष्यका साथ काम अगाडी बढेको आयोजनाले जनाएको छ । आयोजनाको ३ हजार ६ सय ९३ मिटर लामो सुरुङ असोजमै ब्रेक थ्रु भैसकेको थियो भने अहिले कंक्रिटिङको काम भैरहेको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनु भयो ।

नोभेम्बर २०२० मा निर्माण सक्ने लक्ष्यका साथ निर्माण जारी रहेको आयोजनाको लागत झण्डै दुई अर्ब ८० करोडको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button