तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौं । बिहीबार पनि सेयर बजारको कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि कायमै देखिएको छ । बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो ।

नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ । बुधबारको तुलनामा यो २ दशमलव २६ प्रतिशतले बढी हो ।

सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । बुधवार ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएर रेकर्ड भत्काउदै बिहीबार ४ अर्ब ४६ करोडको कारोबारको नयाँ रेकर्ड कायम भएको हो ।

बिहिवार दिनभरबजारमा ३५ हजार ४ सय ६७ कारोबारबाट एक करोड ८ लाख ५९ हजार ६ सय कित्ता सेयरहरु किनबेच भएर नयाँ रेकर्ड कायम भएको छ ।

यसअघि बुधबार ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका थिए । बिहिवार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबै भन्दा माथि पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button