प्राविधिक शिक्षाले युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्छ : राष्ट्रपति भण्डारी

बैतडी । राष्ट्रपति बिद्यादेबि भण्डारीले प्राबिधिक शिक्षाले सुदुरपश्चिम क्षेत्रका युवालाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ ।
बैतडीको पाटनस्थित भिमदत्त पोलिटेक्निक इन्स्टिच्यूटको आज उद्घाटन गर्नुहुदै राष्ट्रपति भण्डारीले प्राबिधिक शिक्षालयको स्थापनाले उद्यमसिलताको बिकास भई कुटीर उद्योग स्थापनामा योगदान पु¥याउने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सुदुरपश्चिम प्रदेशका डेउडा, छलिया नृत्य, र गौरा पर्वले आन्तरिक पर्यटन उद्योगमा टेवा विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले पच्चेश्वर बहुउदेश्यीय परियोजना र पश्चिमसेति परियोजना लागु गरि रोजगारीका अवसर श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सामूदायिक बिद्यालयको गुणस्तर बिकासमा शिक्षक, बिद्यार्थी र अविभावकको उत्तिकै भुमिका रहने बताउनुभयो ।

समारोहमा पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्दले राष्ट्रपति समक्ष नागरिक अभिनन्दनपत्र पेश गर्नुभएको थियो ।
आजै दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले दार्चुला जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि सुदुरपश्चिम क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सुदुरपश्चिम क्षेत्रको सीमा व्यवस्थापनका लागि सरकारले काम गरिरहेकोले छिट्टै निकास आउने बताउनुहुदै राष्ट्रपति भण्डारीले विवादित सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अझै पनि नागरिक सङ्गठित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले क्षेत्रको विकासका लागि आफ्नो पदीय हिसाबले गर्नुपर्ने कामका लागि सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले गाउँपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो । राष्ट्रपति भण्डारीले आजै दार्चुलाको मालिकार्जुन मन्दिरमा गएर पूजापाठ समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्