तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली सावरी चालक अनुमति पत्र बनाउने एक जना पक्राउ

जनकपुरधाम । धनुषामा नक्कली चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको एक जना महिलालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ९ बस्ने रुवी मिश्रको छोरा चन्दन मिश्रले महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं. १२ वस्ने हरी नारायण भन्ने कृष्ण देव कुशवाहासँग पाँच हजार रकम लिएर नक्कली सवारी चालक अनुमती पत्र बनाएर दिएको कुरा खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चेक जाँचको क्रममा मोटरसाईकल चलाई रहेका कुशवाहालाई पक्राउ गरेर कागजपत्र चेकजाँच गर्ने क्रममा निजको साथबाट नक्कली चालक अनुमति पत्र बरामद गरेको थियो ।

मिश्रले चार जनासँग लाईसेन्सका लागि ६० हजार रकम लिएको खुलेकाले पक्राउ गरेर धनुषा जिल्ला अदालतमा पेस गरी हिरासतमा राख्न दिन चार को अनुमती प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका रुवी मिश्रको विरुद्धमा अन्य उजुरी समेत आउने क्रम जारी रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता कार्कीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button