तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको आदिवासी जनजाति उत्थानको आन्दोलन आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालको आदिवासी जनजाति उत्थानको आन्दोलन आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

नेपाल मगर संघको ३८औं स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले अधिकार प्राप्तीका हरेक आन्दोलन आदिवासी जनजातिहरूको महत्वपूर्ण भुमिका रहेपनि आर्थिक विकासमा ध्यान दिन नसक्दा राज्यको मूल प्रवाहबाट बाहिर रहनुपरेको बताउनुभयो ।

आदिवासि जनजातिको पहिचान एवं मौलिक संस्कृतिको संरक्षण र विकासका लागि समेत आर्थिक समृद्धिमा जोड दिनुपर्नेे गृहमन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button